ताजा समाचार

महालक्ष्मी लाइफ इन्स्योरेन्स संघीय संरचना अनुसार सञ्चालनको तयारीमा

काठमाडौं, २४ जेठ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ संस्थापकबाट चुक्ता गराउने तयारी गरेको छ । महालक्ष्मीले २ अर्ब चुक्ता पुँजी भई एक अर्ब ४० करोड संस्थापकवाट चुक्ता गराउने गरि सञ्चालनको तयारी गरेको हो ।

५५ जना संस्थापक सदस्य रहेको कम्पनी संघीय संरचनामा कार्यालय स्थापना गर्ने गरि सञ्चालन हुन लागेको हो । यो योजना सहित सञ्चालन अनुमतिका लागि छिट्टै बीमा समितिमा जाने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org