ताजा समाचार

बैतडीको बाराकोटलाई ‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा

बैतडी, २६ जेठ । दशरथचन्द नगरपालिका–१० बाराकोटलाई ‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा गरिएको छ । वडाका गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगी बच्चा जन्माएको, चार पटक गर्भजाँच गराएको तथा आइरन चक्की नियमित खाएको लगायत आठ सूचक पूरा गरेको पाइएपछि कार्यक्रमबीच सो घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्मा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. गुणराज अवस्थी लगायतको उपस्थितिमा सो घोषणा गरिएको हो । यसअघि, बैतडीका आठवटा स्वास्थ्य संस्था ‘पूर्ण संस्थागत सुत्केरी’ घोषणा भइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org