ताजा समाचार

टेकु अस्पतालमा उपचाररत एक महिलामा स्क्रब टाइफस पुष्टि

काठमाडौं, २६ जेठ । टेकस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक व्यक्तिमा स्क्रब टाइफस भएको पुष्टि भएको छ । बाराको गढीमाई नगरपालिका १६ बस्ने अन्दाजी ३५ वर्षकी एक महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टण्ट फिजिसियन डा. अनुप बास्तोलाले जानकारी दिए । यो केस यस वर्षकै पहिलो भएको उनको भनाई छ ।

विगत ९/१० दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी तथा मांसपेसी दुख्ने समस्या भएपछि ती महिलालाई सुुरुमा टाइफाइडको उपचार गरिएको थियो । विभिन्न उपचार गर्दा पनि रोग निको नभएपछि उनलाई गत शुक्रवार टेकु अस्पताल ल्याइएको थियो । ‘लक्षणका आधारमा रगत परीक्षण गर्दा उनमा स्क्रब टाइफसको देखिएको हो’, डा. बास्तोलाले भने ।

आइजीएम अलाइजा नामक रक्त परीक्षण गर्दा उनमा स्क्रब टाइफस भएको पाइएको थियो । उपचार पश्चात्त उक्त महिलाको अवस्थामा सुधार आएको र अबको एकरदुई दिनमै उनलाई डिस्चार्ज गरिने डा. बास्तोलाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org