ताजा समाचार

ट्राफिक नियम उल्लंघन गरे राष्ट्रपति, प्रधानमन्त्रीसहितका भीआईपी कारबाहीमा पर्ने

काठमाडौं, २७ जेठ । सहरका सडकमा दुर्घटना बढिरहेकै बेला ट्राफिक नियम उल्लंघन गर्नेमा भीआईपी सवारी र सरकारी सवारीसधान बढी रहेको पाइएको छ । ट्राफिक व्यवस्थापनमा खटिएका अधिकारीले भीआईपी र सरकारी सवारीले नियम उल्लंघन गर्दा त्यसको प्रभाव जनतामा परेको निष्कर्ष निकालेका छन् ।

नीति नियम बनाउने ठूलाबडाबाटै सडकको प्रयोग जथाभावी ढंगबाट भइदिँदा सडक नियम र लेन मिच्ने क्रम बढेको छ । जसकारण दुर्घटना बढेको ट्राफिकको बुझाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक मिङ्मार लामाले कानुन कार्यान्वयन गर्दा ट्राफिकले सबैलाई समान व्यवहार गर्नुपर्ने भए पनि त्यसो गर्न नसकिएको गुनासो गरे ।

व्यवस्थापिका संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले अतिविशिष्ट व्यक्तिहरुको आवागमन हुने समयमा सिर्जना हुने सवारी समस्याप्रति आमनागरिकमा नकारात्मक धारणा अभिवृद्धि भएको देखिएको र यस्तो समयमा सवारी यातायात प्रणाली व्यवस्थापनमा कठिन हुने देखिएको बताउँदै उनीहरु सबैले ट्राफिक नियम परिपालना नगरे कारबाही गर्न निर्देशन दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org