ताजा समाचार

नेकपा एमालेद्धारा चुनाव प्रचारमा अनुमतिविना नै ड्रोनको प्रयोग

धनगढी, २८ जेठ । नेकपा एमाले कैलालीले चुनाव प्रचार प्रसारको लागि भन्दै अनुमतिविना अवैध रुपमा ड्रोन प्रयोग गरेको छ । एमालेको तर्फबाट मेयर पदका उम्मेदवार दुर्गा जोशी सहभागी भएको चुनावी कार्यक्रममा अनुमति नलिएर ड्रोन उडाएर फोटो र दृष्य खिचिएको हो ।

निर्वाचन आयोगले निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोला वितरण गर्नु निर्वाचन आचार संहिता विपरित भनिरहेको बेला तड्कभड्क गरेर ड्रोनको प्रयोग गरेको हो । यो आचारसंहिता विपरीत हुने निर्वाचन आयोगले जनाएको छ । मेयरका उम्मेदवार जोशी सहभागी भएको धनगढीको वडा नम्वर १४ वी गाँउको प्रचार प्रसार कार्यक्रममा अनुमति नलिएर ड्रोन प्रयोग गरिएको हो ।

फुलवारी वहुमुखी क्याम्पसका अनेरास्वीयु तर्फवाट सभापति वनेका लक्ष्मण गिरीले फेशवुकमा ड्रोन सहित फोटो समेत पोष्ट गरेका थिए । सरकारले ड्रोन प्रयोग सम्बन्धी निर्देशिका जारी गरेको छ । निर्देशिका बमोजिम जो कोहिले ड्रोन प्रयोग गर्न चाहेमा नागरिक उडड्यन प्राधिकरण र स्थानीय प्रशासनसगँ अनुमित लिनुपर्ने हुन्छ ।

तर एमालेले भने अनुमति विना नै ड्रोन उडाएको पाईएको हो । नागरिक उडड्यन प्राधिकरण धनगढीका प्रमुख छवि ठकुल्लाले अनुमति नलिएको बताए । स्थानीय प्रहरी र प्रशासनले पनि यसका लागि अनुमति नलिएको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org