ताजा समाचार

आफ्नो पक्षमा आदेश नआएपछि एमालेद्धारा अदालतविरुद्ध प्रदर्शन

दोलखा, २८ जेठ । दोलखामा आफ्नो पक्षमा आदेश नआएपछि नेकपा एमालेले प्रदर्शन गरेको छ । जिल्ला अदालत दोलखाले जुगु घटनामा त्रुटिपूर्ण आदेश गरेको भन्दै एमाले कार्यकर्ताले सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका हुन् ।

गत वैशाख २६ गते स्थानीय निर्वाचनको चुनाव प्रचारका क्रममा दोहोरो झडप हुँदा गौरिशंकर गाउँपालिका–१ का कुलबहादुर तामाङको ज्यान गएको थियो । एमालेका तर्फबाट वडा सदस्यका उम्मेद्वार गोरे तामाङका छोरा समेत रहेका कुल बहादुरलाई माओवादी कार्यकर्ताले हत्या गरेको भन्दै मृतकका परिवारले ४० जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दिएका थिए ।

घटनापछि प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो । शुक्रवार सो मुद्धाको सुनुवाई गर्दै जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले थुनामा रहेका सवैलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएका थिए । न्यायाधीश श्रेष्ठले यस्तो आदेश गरेसँगै आईतबार एमाले कार्यकर्ताले सदरमुकाम चरिकोटमा प्लेकार्ड सहित न्यायालयबिरुद्ध मौन जुलुस निकालेका छन् ।

मृतकका परिवारले पुर्व मन्त्री देवी खड्का, विशाल खड्का, गंगा कार्की (विश्व) समेतलाई कर्तब्य ज्यानको अभियोगमा किटानी जाहेरी दिएका थिए । जुगुमा उक्त घट्ना घटेको दिन गंगा कार्की पार्टी विशेषको कामले रामेछाप गएको तथा विशाल खड्का चरिकोटमै रहेको माओवादी केन्द्रले दावी गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org