ताजा समाचार

दुरसञ्चार प्राधिकरणका अध्यक्ष झामाथि आक्रमण प्रयास

काठमाडौं, २९ जेठ । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ । आइतबार साँझ अनामनगरमा बेलुका ६ बजेतिर कार्यालयबाट घर फर्कँदै गर्दा मदन भण्डारी मेमोरियल कलेजनजिक मोटरसाइकलमा आएका केही युवाले उनी सवार बा६च ५६१६ नम्बरको गाडीमा आक्रमण गरेका थिए ।

‘मेरो गाडीमा उनीहरुले एकाएक रडले प्रहार गरे, गाडीमा पुरै क्षति भएको छ, पछाडिको भाग र सिसाहरू फुटेको छ’अध्यक्ष झाले भने । उनले घटनाबारे आफूले प्रहरीलाई जानकारी गराएको बताए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org