मोटर हाँकेर जर्मनी जान लागेका राजदूत मायरले भने–“बिदा मिलाएर घुम्न आउँछु”
भीमदत्तनगर, २९ जेठ । रासस आफ्नो कार्यकाल पूरा गरी मोटरकार हाँकेर जर्मनी जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले बिदाको समय मिलाएर पश्चिम नेपालका पर्यटकीयस्थल घुम्न आउने बताए ।
नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक राजदूत मायरले आफ्नो कार्यकाल पूरा गरी झन्डै ११ हजार किलोमिटरको लामो स्थलयात्रा गर्ने क्रममा आइतबार साँझ कञ्चनपुरको भीमदत्तनगर पुग्नुभएका उनले नेपालमा पर्यटकीय सम्भावना बोकेका स्थलहरु धेरै रहेको बताए ।
गाउँबस्ती घुम्ने रहर र सवारी ट्राफिक कम हुने भएकाले आफूले मोटरकारमै जर्मनी जाने निधो गरेको उहाँले बताए । आइतबार साँझ बसाईका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको शुक्लाफाँटा कटेज पुगेका राजदूत मायरले शुक्लाफाँटा, झोलुङ्गे पुल, जुम्ला, रारालगायतका पर्यटकीयस्थल घुम्नका लागि बिदा लिएर आउने बताए । उनले मुस्ताङ र मनाङलगायतका क्षेत्रमा भ्रमण गरेको स्मरण गर्दै यहाँको कला संस्कृतिको विविधताले आफूलाई लोभ्याएको बताए ।
“मलाई शान्तपूर्ण वातावरणमा बस्ती घुम्दै नयाँ मान्छेसँग परिचय गर्दै गफिन मन पर्छ ।” तीन वर्ष कार्यकाल सकेर स्वदेश फर्किदै गर्नुभएका राजदूतले भने– “त्यै भएर पनि मैले स्थलमार्गबाट स्वदेश फर्किने निधो गरेको हुँ” “सधैँ विमानमा मात्रै कति आवतजावत गर्ने ? उनले प्रश्न गरे ।” उनी आज बिहान पश्चिमी नाका गड्डाचौकी हुँदै भारततर्फ प्रस्थान गरेका छन् । भारतबाट पाकिस्तान–इरान–टर्की हुँदै युरोपेली देश प्रवेश गर्ने उनले बताए ।
नेपालको पर्यटकीय विकासका लागि जर्मनीको निरन्तर साथ र सहयोग रहने उनले बचन दिए । “लामो यात्राले थकित भएकाले शुक्लाफाँटा र महाकाली नदीको झोलुङ्गे पुल हेर्न जान सकिन ।” उनले भने “कर्मचारी भएपछि सरुवा हुने, अर्को आउने चक्र नै हो ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...