ताजा समाचार

होमवर्क नगरेको भन्दै शिक्षकको कुटाईबाट आधा दर्जन विद्यार्थी घाइते

कञ्चनपुर, २९ जेठ । होमवर्क नगरेको भन्दै कञ्चनपुरमा शिक्षकले कुट्दा ६ विद्यार्थी घाइते भएका छन् । होमवर्क नगरेको भन्दै लालझाडीको पथरियास्थित स्वतन्त्र माध्यमिक विद्यालयका गणित र विज्ञान विषय शिक्षक नवराज अवस्थीले विद्यार्थीहरुलाई कुटपिट गरेका हुन् ।

शिक्षक अवस्थीले गणित विषयको गृहकार्य नगरेको भन्दै कक्षा १० मा अध्यनरत विद्यार्थीलाई कुटपिट गरेको लालझाडी इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक कटक कुँवरले जानकारी दिए । शिक्षक अवस्थीको कुटाईबाट कक्षा १० मा अध्ययनरत विद्यार्थी अस्मिता राना, संगीता राना, सुनीता राना, मनिषा चौधरी, प्रेम सागर राना र किरण राना घाइते भएका छन् ।

निर्घात कुटपिटबाट गम्भीर घाइते संगीता, प्रेमसागर, अस्मिता र सुनीताको लालझाडी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको छ । विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसका विषयमा आवश्यक छलफल गर्न विद्यालयले आज विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको बैठक बोलाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org