ताजा समाचार

हर्बो इन्टरनेशनलजस्तै नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने १०२ जना पक्राउ

काठमाडौं, २९ जेठ । गैर कानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने एक सय २ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति पुरानो बानेश्वरको सिद्धार्थ कटेजबाट प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

गैर कानुनी रुपमा नोटवर्किङ व्यवसायबाट ठगी गरेको देखिएकाले उनीहरुलाई पक्राउ गरिएको एसपी मिरा चौधरीले जानकारी दिईन् । रमेश महर्जनलगायत ब्यक्तिले सञ्चालन गरेको व्यवसायमा प्रत्येक व्यक्तिले ३ लाखदेखि लगानी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

सदस्य बढाउँदै पिरामिड आकारमा सञ्जाल विस्तार गरी बस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीले ठगी गरेपछि सरकारले कानुन बनाएरै यस्तो व्यवसायमा प्रतिबन्ध लगाएको थियो ।

केही वर्षअघि युनिटी लाइफ इन्टरनेश्नल, हर्वो इन्टरनेशनल लिमिटेड लगायतले पिरामिड आकारको व्यवसाय सञ्चालन गरी ठगी गरेपछि सरकारले प्रतिबन्ध लगाएको थियो। पक्राउ परेका सबैसँग बयान तथा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org