ताजा समाचार

राजपा कार्यकर्ताद्धारा नेपालगञ्जमा कांग्रेस मेयरका उम्मेदवारको गाडीमा तोडफोड

बाँके, ३० जेठ । नेपालगञ्जमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारले प्रयोग गरेको गाडीमा तोडफोड गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार डा. सुरेशकुमार कनौडीयानले चुनावी प्रचार प्रसारमा प्रयोग गरेको बा १४ च १३८७ नम्बरको जीपमा तोडफोड भएको हो ।

आज बिहान त्रिभुवनचोकमा राजपा नेता कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न रहेको भन्दै राजपा नेता ललित रौनीयारलाई पक्राउ गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org