ताजा समाचार

भरतपुर मतगणना प्रकरणको आज सुनुवाई, फैसला आजै आउन सक्ने

काठमाडौं, ३० जेठ । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ । पुनः चुनाव गर्ने आयोगको निर्णय खारेजीको माग गर्दै परेको मुद्दामा आज कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको इजलासमा सुनुवाई हुन लागेको हो ।

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । त्यो निर्णय बदर गर्न माग गर्दै परेको रिटमा आइतबार सुनुवाई गर्ने भनिए पनि नभ्याएका कारण सुनुवाई आजसम्मका लागि सरेको हो ।

सर्वोच्चले यसअघि नै पुनः चुनाव गर्ने आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको थियो । आजको सुनुवाई पछि पुनः चुनाव गर्ने वा मतगणना सुरु गर्ने भन्ने फैसला आउने अनुमान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org