ताजा समाचार

तुलसीपुरका व्यवसायी अपहरण गर्ने संदिग्धको स्केच सार्वजनिक, सूचना दिनेलाई १ लाख पुरस्कार

तुलसीपुर, ३० जेठ । प्रहरीले दाङका व्यवसायी राजकुमार श्रेष्ठ र रणबहादुर घर्तीको अपहरणमा संलग्न संदिग्ध व्यक्तिहरुको स्केच सार्वजनिक गरेको छ । प्रत्यक्षदर्शीको बयानको आधारमा अपहरणमा संलग्न संदिग्ध व्यक्तिहरुको स्केच तयार पारिएको हो । साथै प्रहरीले घटनाबारे सूचना दिने ब्यक्तिलाई एक लाख नगद पुरस्कार दिने समेत घोषणा गरेको छ ।

दाङको तुलसीपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक श्रेष्ठ र अर्का व्यक्ति घर्ती गत शुक्रबारदेखि सम्पर्कविहीन छन् । सल्यान जान भनेर हिँडेका उनीहरु हालसम्म घर नफर्किएपछि अपहरणमा परेको निष्कर्षसहित प्रहरीले खोजी जारी राखेको छ । श्रेष्ठ र घर्ती सवार गाडी सल्यानको मुलखोलामा बेवारिसे अवस्थामा फेला परेको थियो । अज्ञात समूहले गाडीमा ढुंगा हानेर रोकेको र अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको अनुसन्धानका लागि मध्यपश्चिम प्रहरी प्रमुख डीआईजी बिजय कायस्थ दाङ आएका छन् । उनले घटनाबारे सुक्ष्म अध्ययन भइरहेको भन्दै दुई चार दिनमै सत्य तथ्य बाहिर आउने बताए । श्रेष्ठको खोजीमा सोमबारदेखि कुकर पनि परिचालन गरिएको छ । घटनामा महिलाको प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org