ताजा समाचार

काठमाडौंबाट चोरी गरेर फरार भएका दुईजना चितवनबाट पक्राउ

चितवन, ३० जेठ । काठमाडौंबाट नगद र जिन्सी चोरी गरेर फरार भएका दुई जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली घर भएका २२ वर्षीय रामकुमार अधिकारी र सोही ठाउँका दीपक कार्की रहेका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । चोरी गरेर काठमाडौंबाट बस चढेर पूर्वतर्फ जाँदै गरेका उनीहरुलाई भरतपुरको हुलाक चोकबाट मंगलबार बिहान पक्राउ गरिएको हो ।

दुवैजना काठमाडौं महानगरपालिका– ३२ तीनकुने, गौरीगाउँस्थित विवेक अधिकारीको घरबाट गत जेठ २४ गते रु ५० हजार, मोबाइललगायत इलेक्ट्रोनिक सामान चोरी गरेर फरार भएका थिए । उनीहरुको पिछा गर्दै चितवन आइपुगेका अधिकारीले प्रहरीलाई खबर गरेपछि दुवैजनालाई पक्राउ गर्न सकिएको हो । दुवैजनालाई कारबाहीका लागि काठमाडौं पठाइने प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org