स्थानीय तह नबढाउने आदेश रद्ध गर्नुपर्ने सरकारी निवेदन सर्वोच्चद्धारा खारेज, संख्या नबढ्ने
काठमाडौं, ३० जेठ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या नबढाउन दिएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै सरकारले गरेको भ्याकेटको निवेदन दरपीठ गरेको छ । सरकारको तर्फबाट स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको भ्याकेट निवेदन लिएर गएका महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ २२ गते सर्वोच्च गएका थिए । तर, मंगलबार सर्वोच्चका रजिष्टार नृपध्वज निरौलाले दुवै पक्षको छलफल सुनेर अन्तरिम आदेश जारी देखिएको भन्दै निवेदन दरपीठ गरेका छन् ।
स्थानीय तहको संख्या बृद्धि गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता धनवहादुर श्रेष्ठको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्धय ईश्वर खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासको संख्या नबढाउन अन्तरिम आदेश दिएको थियो ।
भ्याकेटमा जान नमिल्ने मुद्दामा महान्यायाधिवक्ताले सरकारलाई गलत सल्लाह दिएर फसाएको आरोप नेपाल बार एशोसियनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले लगाए । अदालतले भ्याकेटको निवेदन दर्ता गर्न नमानेपछि अब स्थानीय तह थप्ने सरकारको प्रयास तत्कालका लागि असफल भएको छ ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...