ताजा समाचार

प्रधानन्यायाधीशका लागि गोपाल पराजुलीसहित ६ न्यायाधीशको नाम सिफारिस

काठमाडौं, ३० जेठ । न्याय परिषद्ले सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषद्ले गोपाल पराजुलीसँगै दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चालेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको हो ।

उमेर हदका कारण अवकास पाउनुअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले गत मंगलबार ६ जनाको नाम सिफारिस गरेकी थिइन् ।, तर, कार्कीले गरेको यो सिफारिसको संवैधानिक हैसियत नहुने भन्दै परिषद्ले अर्को सिफारिस गरेको हो ।

न्याय परिषद्ले पठाएको नाम मध्येबाट संवैधानिक परिषद्ले नियुक्ति सिफारिस गर्नेछ । परिषद्को सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org