ताजा समाचार

अब धरहरा बनाउन तीन अर्ब ६७ करोड लागत लाग्ने

काठमाडौं, ३१ जेठ । काठमाडौंको सुन्धारामा तीन अर्ब ६७ करोड १९ लाख रुपैयाँ लागतमा धरहरा निर्माण हुने भएको छ । पुरातत्व विभागले बजेटसहित नयाँ धरहराको डिजाइन तयार पारेको हो । यसको निर्माण गर्न नेपाल टेलिकमले रुचि देखाएको छ ।

करिब ४० रोपनी क्षेत्रफलमा बन्ने यो धरहराका लागि तीन अर्ब ६७ करोड १९ लाख १२ हजार रुपैयाँ अनुमानित बजेटसहितको डिजाइन टेलिकमलाई हस्तान्तरण गरिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org