ताजा समाचार

तीन घटनामा १८ नेपालीको मृत्यु

काठमाडौं, १ असार । दैलेखको आठबीस नगारपालिका ४ मा बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ना ४ ख २९९८ नम्बरको बस दुर्घटनजा हुँदा अन्य १७ जना घाइते भएका छन् । मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा राजधानीको सीतापाइलामा बुधबार बिहान २ बजे तीन जना मजदुरको ज्यान गएको छ ।

खाल्डोमा पाइप राखिरहेको बेला माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर मंगलबार राती तीन नेपालीको मृत्यु भएको छ । मोटरसाइकलमा चढेका उनीहरु रेलको लिकबाट पार गर्न खोज्दा सोही समयमा तिव्र गतिमा आएको रेलले किचेको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org