ताजा समाचार

राजपा नेता राजेन्द्र महतोका पिताको निधन

सर्लाही, ५ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई पितृ शोक परेको छ । महतोका पिता खोभारी महतोको एक सय वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।

सर्लाहीको बबरगञ्जस्थित निवासमा उनको निधन भएको पारिवारजनले जनाएका छन् । उनको आजै दिउँसो बागमती नदीमा अन्त्येष्टि गरिने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org