ताजा समाचार

अमेरिकामा हिमाल चढ्ने क्रममा निधन भएका सञ्जय पण्डितको शव ल्याउन समस्या

काठमाडौं, ५ असार । अमेरिकामा हिमाल चढ्ने क्रममा निधन भएका अल्ट्रा धावक तथा पर्वतारोही सञ्जय पण्डितको शव ल्याउन समस्या भएको छ । खराब मौसकका कारण शव ल्याउन नसकिएको वासिंङटन डिसीस्थित नेपाली दूताबासले जनाएको छ । शव ल्याउन अझै केही समय लाग्ने जनाईएको छ । पण्डितको अमेरिकाको अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा जुन १६ मा निधन भएको थियो ।

पण्डितसँगै रहेका अन्य दुई नेपालीको अवस्था अज्ञात रहेको बताइएको छ । उनीहरुको परिचय खुलेको छैन । खराब मौसमका कारण घटनास्थलमा हेलिकप्टर पुग्न नसकेको बताइन्छ । एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत जुन ३ मा गएर २६ मा फर्किने उनीहरुको योजना थियो । करिब १७ हजार २ सय फिटमाथि हाइ अल्टिट्युड सिकनेसका कारण उनको निधन भएको हो । संसारका केही अग्ला चुचुरा आरोहण गरिसकेका पण्डितले सन् २०१३ मे १९ मा सगरमाथा आरोहण गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org