ताजा समाचार

नवलपरासीमा संकास्पद बस्तु फेला, बम हुन सक्ने अनुमान, नेपाली सेनाको टोली घटनास्थलमा

नवलपरासी, ५ असार । नवलपरासीमा संकास्पद बस्तु फेला परेको छ । पाल्ही नन्दनगाउँपालिका कुश्मा र हरपुर गाउँको बिच मुख्य सडकको एक पुलमाथि आज विहान संकास्पद बस्तु फेला परेको हो । उक्त संकास्पद बस्तु विष्पोटक पदार्थ अथवा बम हुन सक्ने प्रहरीको अनुमान छ । पुलमाथि कपडै कपडाले बेरिएर राखिएको उक्त संकास्पद बस्तुलाई एक स्थानियले आज विहान देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

फेला परेको संकास्पद बस्तुलाई पुष्टि र निस्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटना स्थलमा पुगेको छ । ठुलो आकारमा देखिएको बस्तु विष्पोटक पदार्थ हुन सक्ने प्रहरीले अनुमान लगाउदै बस्तुको नजिक कसैलाई पनि जान दिएको छैन । चुनावको मुखारमा मधेश क्षेत्रमा पनि यस्तो बस्तुहरु फेला पर्न जाँदा यहाँका स्थानिय जनता त्रसित भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org