ताजा समाचार

मानसरोवर जाने भारतीय पर्यटकको संख्या दोब्बरले बृद्धि, सिमिकोट भीड

हुम्ला, ५ असार । मानसरोवर कैलाश जाने भारतीय पर्यटकको संख्या बृद्धि भएको छ । मानसरोबरको मुख्यद्वार मानिने हुम्लाको सदरमुकाम सिमिकोटमा भारतीय पर्यटकको संख्यामा दोब्बरले वृद्धि भएको छ । मानसरोवर कैलाश यात्राका लागि सजिलो गन्तव्य सिमिकोट हुने भएकाले गत वर्षको तुलनामा दोब्वर पर्यटक बढेका हुन् ।

यो वर्ष करिव एक महिनामा मात्रै ५ हजारभन्दा बढी भारतीय पर्यटक सिमिकोट भित्रिएका छन् । मानसरोवर कैलाश दर्शनका लागि आउने भारतीय पर्यटकको बासस्थान भएकाले पनि सिमिकोटमा पर्यटकको घुइँचो लागेको छ । दैनिक १ सयदेखि ३ सयसम्म भारतीय पर्यटकले सिमिकोट हुँदै मानसरोवरको यात्रा गर्ने गरेका छन् ।

यो बर्ष वैशाख अन्तिम सातादेखि हालसम्म ५ हजार १ सय भारतीय पर्यटक भित्रिसकेका छन् । प्रत्येक वर्ष वैशाखदेखि भदौसम्म भारतीय पर्यटक सिमिकोट हुँदै मानसरोवरको यात्रा गर्दछन् । गत वर्ष ८ हजार भारतीय पर्यटक जिल्लामा भित्रिएका थिए भने यो वर्ष उक्त संख्या दोब्बरभन्दा बढी हुने पर्यटन व्यवसायीको अनुमान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org