ताजा समाचार

बन्दिपुर ४ नयाँपुलमा बिस्कुट बोकेको ट्रक पल्टिदा पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ, ५ असार । पृथ्वी राजमार्ग अन्तरगत डुम्रे, आवुँखैरेनी सडकखण्डको बन्दिपुर गाउँपालिका ४ नयाँपुलमा ट्रक पल्टिएको छ । आज बिहान ८ बजेतिर बिराटनगरबाट पोखरा तर्फ जादै गरेको ना ५ ख ७०१० नम्बरको बिस्कुट बोकेको ट्रक नयाँपुलमा दुर्घटना भएको हो । ट्रक अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जानकारी दिएको छ ।

सडक पुरै ढाकिने गरि ट्रक पल्टिएको कारण साईकल र मोटरसाइकल बाहेक कुनै पनि सवारी साधन वारपार हुन नसकेको प्रहरीले जनाएको छ । अहिले पृथ्वी राजमार्ग अवरुद्ध छ । दुर्घटनामा चालक सामान्य घाईते भएका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org