ताजा समाचार

प्लाई सप्लायर्स उद्योगमा कार्यरत कामबारबीच कुटपिट हुँदा एक जनाको मृत्यु

दाङ, ५ असार । दाङमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–९ दुबीचौरस्थित गणपति प्लाई सप्लायर्स उद्योगमा कार्यरत कामदारबीच कुटपिट हुँदा सुनसरी ईनरुवा घर हुने २० वर्षीय रितेश झा गमिभर घाइते भएका थिए । आइतबार
राति सामान्य विवादमा कामदारबीच भएको घटनाबाट गम्भिर घाइते भएका झाको उपचारको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ज्यान गएको प्रहरीले जनाएको छ ।

उद्योगका कामदार बाँके, फत्तेपुर गाउँपालिका–७ बस्ने २३ वर्षीय जितराम चौधरी, सोही गाउँपालिका–९ बस्ने २३ वर्षीय राज चौधरी र बाँके, हिर्मुनिया–२ बस्ने २३ वर्षीय निर्मल राजपुतले निज झा र बाँके, हिर्मुनिया–२ बस्ने १९ वर्षीय जगतराम यादबलाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए ।

घाइते जगतलाई उक्त अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंज बाँके रिफर गरिएको छ । कुटपिट गर्नेमध्येका राज र निर्मललाई प्रहरीले पक्राउ गरेको छ भने हाल फरार रहेका जितरामको खोजी कार्य भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org