ताजा समाचार

बझाङमा एमालेले खाता खोल्यो, गाउँपालिका–५ मा एमालेको प्यानल विजयी

बझाङ, ५ असार । बझाङको काँडा गाँउपालिका वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा नम्बर ५ मा अरु पार्टीको उम्मेदवारी नपरेपछि वडा अध्यक्ष धनजय बोहरासहित एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो ।

आइतबार भएको मनोनय दर्ताको बेला वडा नम्बर ५ बाट अन्य दलको उम्मेदवारी नपरेपछि वडा अध्यक्ष पदका उम्मेदवार बोहरासहितको प्यानल निर्विरोध विजयी भएको हो ।

महिला सदस्यमा अम्मरा देवी बोहरा, खुला सदस्य डब्बल बोहरा र कलु बोहरा विजयी भएका छन् । दलित महिला सदस्यमा भने कसैको उम्मेदवारी परेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org