ताजा समाचार

प्रहरी चौकीमा प्लाष्टिकको कुर्सी पछाडी हात बाधेर राखिएका व्यक्ति हतकडीसहित फरार

सिन्धुली, ५ असार । प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति हतकडीसहित फरार भएका छन् । सबै प्रहरी सुतिरहेको अवस्थामा सिन्धुलीको चकमके प्रहरी चौकीबाट हतकडीसहित तीनपाटन गाउँपालिका–११ लाम्पान्टारका २३ वर्षीय चन्द्रबहादुर श्रेष्ठ फरार भएका हुन् । श्रेष्ठले मदिरा सेवन गरी श्रीमती, परिवारका सदस्य तथा छिमेकी समेतलाई कुटपिट गरेको उजुरी परेपछि प्रहरी चौकी चकमकेले आइतबार उनलाई पक्राउ गरेको थियो ।

पक्राउ गरिएका श्रेष्ठलाई प्रहरी चौकीमा नै प्लास्टिकको कुर्सीमा पछाडि हात राखेर बाँधी हतकडी लगाएको थियो । फरार श्रेष्ठको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले बताए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org