ताजा समाचार

सवारी चालक अनुमति पत्रको परीक्षा र परीक्षण चुनावपछि

काठमाडौं, ५ असार । वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द भएको छ ।

कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा खटिएकाले दुवै काम बन्द भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले राससलाई जानकारी दिए । कर्मचारी र सुरक्षाकर्मी निर्वाचनबाट फर्केपछि मात्र कार्यालयबाट लाइसेन्सको काम पुनः सञ्चालन हुने उनले बताए ।

अञ्चल कार्यालय वाग्मती एकान्तकुनाबाट हुँदै आएको विदेशबाट लिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लाई नेपालीकरण गर्ने काम पनि उपत्यकाका अन्य तीन कार्यालयमा हस्तान्तरण गरिएको छ ।

लाइसेन्सलाई नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालय स्वयम्भूस्थित ठूलोभर्‍याङ, सुकेधारा र जगाती कार्यालयलाई जिम्मेवारी दिइएको प्रवक्ता डा पाण्डेले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org