ताजा समाचार

उखुबारीमा ३ घण्टा नियन्त्रणमा राखेर बालिका बलात्कार गरी दुई युवक फरार

सिरहा, ५ असार । सिरहामा एक बालिका बलात्कार गरेर दुई युवक फरार भएका छन् । धनगढीमाई नगरपालिकामा घरमा सुतिरहेकी बालिका शनिबार राति चर्पी जान निस्किएका बेला दुईजना युवकले नजिकैको उखुबारीमा ३ घण्टा नियन्त्रणमा राखेर बलात्कार गरेका थिए । ३ घण्टा नियन्त्रणमा लिएर बलात्कार गरेर ती युवकहरु फरार भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

उनीहरुले राति एक बजेदेखि नियन्त्रण लिएर बिहान ४ बजेतिर ती बालिकालाई छोडेको प्रहरीले जनाएको छ । बालिका बिहान पखमात्र वेहोशी अवस्थामा घरमा आइपुगेकी थिइन् । घरमा आउनासाथ आँगनमा बेहोस् भएर लडेकी उनको उपचार भइरहेको छ ।

स्थानीय बासिन्दाले घटना भएको थाहा पाउन साथ गाउँमै मिलाउने प्रयास गरेको थाहा पाएपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो । प्रहरीले घटनाको विषयमा जानकारी पाउना साथ बालिकालाई सुरक्षित स्थानमा उपचारको लागि पठाइएको जनाएको छ । घटनामा संलग्न युवकहरु फरार छन् । उनीहरुको खोजी भइरहेको गोलबजार प्रहरी प्रमुख इन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org