कतारमा रहेका साउदी र युएईका सयौं कम्पनीहरु जोखिममा
असार ५, २०७४ साउदी अरब र संयुक्त अरव इमिरेट्स युएई का नागरिकको लगानीमा कतारमा सञ्चालित कम्तीमा ६ सयभन्दा बढी कम्पनीहरु जेखिममा परेका छन् । साउदी र युएई सरकारले नै ती कम्पनीहरु बन्द गर्न दबाब दिन थालेको कतारबाट प्रकाशित हुने अरबिक दैनिक अरैयाहले जनाएको छ । कतारमा साउदी नागरिकको मात्रै लगानीमा ३ सय ५ र कतारीसँगको साझेदारीमा ३ सय ३ कम्पनी सञ्चालित छन् । यी कम्पनीमा एक सय २३ बिलियन रियाल लगानी भएको मानिएको छ ।
साउदीको नेतृत्वमा छिमेकी देश बहराइन र संयुक्त अरब इमिरेट्स युएईले कतारसँग जुन ५ मा कुटनीतिक सम्बन्ध बिच्छेद गरेपछि ती कम्पनी जोखिममा परेका हुन् । यी देशले आफ्ना नागरिकलाई १४ दिनभित्र कतार छोड्न निर्देशन दिएका थिए । कतारले भने कुनै पनि देशको नागरीकलाई नपठाउने र आफ्नो कामलाई निरन्तरता दिन अनुरोध गरेको छ । साउदीले आफ्ना नागरिकको लगानी रहेका कम्पनीलाई बन्द गर्न दबाब दिएपछि यी कम्पनीहरुको भविष्य संकटमा परेको छ ।
युएई कम्पनीलाई बैंकले समेत ऋण दिन बन्द समेत गरेको छ । युएईका नागरिकको लागनीमा कतारमा कति कम्पनी छन् भन्ने खुलाइएको छैन । ‘यी कम्पनीहरु बन्द गर्नुपर्ने अवस्थाको जोखिममा पुगेका छन्,’ एक ब्यापारीक बिशेषज्ञले भनेका छन्, ‘यो कतार सरकारको कारण होइन, उनीहरुको आफ्नै सरकारले लिएको नीतिको कारणबाट सिर्जित भएको हो ।’ साउदी र युएई नागरीकबाट सञ्चालित कम्पनीहरु वन्दै हुनुपर्ने अवस्था आए ठुलो सख्यामा रहेका नेपालीको रोजगार पनि धरापमा पर्न जानेछ । ‘कम्पनी ब्यबस्थापन निकै तनावमा देखिन्छ,’ साउदी लगानीमा सञ्चालित एक कम्पनीका नेपाली म्यानेजर अरुण पुडासैनीले भने, ‘यो कम्पनीमा ७ सय नेपाली मात्रै काम गर्छन् । मालिक रमजानमा साउदी गएपछि फर्केका छैनन् । यही हुन्छ भनेर अहिले नै भन्न सक्ने स्थिति छैन ।’
कतारी अर्थशास्त्री र अर्थ बिज्ञहरुले कतारको ब्यापारमा निर्भर साउदी र युएईका कम्पनीहरु घाटामा जान थालेको बताएका छन् । ‘जताको कम्पनी वन्द वा घाटामा परे पनि रोजगारी गुमाउने नेपालीले नै हो,’ कतारमा कार्यरत एक नेपाली ब्यबसायले भने, ‘यी देशवीचको कुटनीति संकटले हामीले रोजगारी गुमाउनु पर्ला भन्ने डर भयो ।’ युएई र साउदी लगानी कम्पनीले ती देशका सरकारी दवाव थेग्न नसकेर बन्दै गर्नुपरेमा ठुलो सख्याले रोजगारी गुमाउनुपर्ने उनको बुझाई छ । ‘अरुलाई कम्पनी वेचे त ठिकै हो । हामीलाई असर पर्दैन । वन्दै गर्छन् कि भन्ने चिन्ता छ,’ पुडासैनीले वताए ।
Comments
अरु समाचार
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...