ताजा समाचार

१५ अगस्टमा भारत भ्रमण गर्ने देउवाको इच्छा

प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन ९अगस्ट १५, स्वतन्त्रता दिवसका अवसर० मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ। भ्रमणबारे दुई पक्षबीच ठोस तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारिक सुझाव भारतलाई दिएको छ ।

‍भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिको रुपमा डाक्ने गरेको छ । भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर डाकेको थियो ।

नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाव नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेशमन्त्रालयलाई दिएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org