कपडा सिलाएरै एमबीबीएस टप, एक हजारभन्दा बढी विद्यार्थीमा ८०.८२ प्रतिशत अंक ल्याए
काठमाडौं, ६ असार । परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँको भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो । त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र बिदाको समय सिलाइमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो । जति नै दुःख परे पनि लेटाङ मोरङका सुजितकुमार दर्नालको पढाइको भोक घटेन । बरु बढ्यो । त्यही भोकले विपन्न दलित परिवारमा जन्मिएका उनी डाक्टर बने ।
त्रिविअन्तर्गत एक हजारभन्दा बढी विद्यार्थीलाई उछिन्दै उनी ८०.८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए । नेपालमै सबैभन्दा महँगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्नवर्गीय परिवारमा जन्मिएका व्यक्तिका लागि कल्पनाभन्दा बाहिरको विषय हो । ‘डाक्टर बन्ने त सोचेकै थिइनँ, मेहनत मात्रै गरेँ’, सुजितले भने, ‘समयले बाटो देखायो र डाक्टर बनायो ।’ आजको नागरिक दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले...
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सप्तरी विष्णुपुर गाउँपालिका–७...
-
सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा
काठमाडौं । कास्की जिल्ला अदालत क्षेत्रमा फेरि निषेधाज्ञा लगाइएको छ । सूर्य दर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेका...
-
कार्टरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा
काठमाडौं । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा लगिएको छ...
-
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचनामा सुधार : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्।...
-
चीनमा फेरि ठूलो भूकम्प गयो
काठमाडौं । चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । चिनियाँ...
-
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय बन्द
काठमाडौं । विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम...
-
वाईफाईबारे विवादमा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी
काठमाडौं । पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया...
-
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र...