ताजा समाचार

अनौठौ राजनीतिः फरक पार्टीबाट आमाछोरी एउटै पदमा चुनावी मैदान

काठमाडौं, ६ असार । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमा आमाछोरी चुनावी मैदानमा उत्रिएका छन् ।बराहपोखरी गाउँपालिका–३ साउनेचौरमा दलित महिला सदस्य पदमा आमा मनमाया बिक र छोरी अनिता विकले मनोनयन दर्ता गराएका छन् । साविकको साउनेचौर–५ की आमा मनमायाले नेपाली कांग्रेस र छोरी अनितालाई नेकपा माओवादी केन्द्रले वडा सदस्यमा टिकट दिएको नागरिकले लेखेको छ ।

अनिताको विवाहपछि पुगेको घर परिवार माओवादी समर्थक रहेका कारण उनलाई परिवारले माओवादी केन्द्रका तर्फबाट दलित महिला सदस्य पदमा उठाएको हो । टिकट पाएका आमाछोरी अहिले आफ्नो जितका लागि चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org