ताजा समाचार

कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते

अर्घाखाँची, ६ असार । अर्घाखाँचीमा चुनाव प्रचारमा प्रयोग गरिएको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पाणिनी गाउँपालिकामा काँग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ९ जना घाइते भएका छन ।

लु १ ज १९५८ नम्बरको जिप दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए । घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक डिसीले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org