ताजा समाचार

पूर्व नेपालबाट प्रवेश गरेको आठ दिनपछि मनसुन देशैभर सक्रिय, यसपालि औषत वर्षा हुने

काठमाडौं, ७ असार । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो ।

देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसम विज्ञ सुवास रिमालले बताए । बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबाहेक अधिकांश भूभागमा वर्षा हुने महाशाखाको अनुमान छ । सुदूरपश्चिमकमो तराई क्षेत्रमा भने मौसम बदली मात्र हुन सक्ने अनुमान छ । यसवर्ष औसत वर्षा हुने विभागले अनुमान गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org