ताजा समाचार

भूकम्प गएको दुई वर्षपछि सिंहदरबार जोगाउन प्लाष्टिक

काठमाडौं, ७ असार । भूकम्पको दुई बर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट (विशेषखाले प्लाष्टिक) ले छोप्ने कार्य सुरु गरिएको छ । क्षति पुगेको मोहडालाई तत्काल वाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुननिर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको हो ।

एक सय भन्दा पुरानो सिंहदरवारलाई भत्काउने कि यसलाई रेट्रोफिटिङ (प्रवलीकरण) गर्नेबारे विवाद भएकोमा पुरातात्विक सम्पदालाई जोगाउनुपर्ने भन्दै प्राधिकरणले रेट्रोफिटिङ गर्ने निर्णय गरेको आजको कारोबारमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org