ताजा समाचार

बनाउँदै गरेको टेलिफोन टावरको ६० फिट माथिबाट खसेर एक कामदारको मृत्यु

सिरहा, ७ असार । सिरहामा बनाउँदै गरेको टेलिफोन टावरबाट खसेर एक कामदारको ज्यान गएको छ । सदरमुकाममा रहेको नेपाल टेलिकम कार्यालको परिसरमा निर्माणाधिन टावरबाट खसेर बाराको ओल्भी नगरपालिका–७ का २६ वर्षका रमेश चौधरीको ज्यान गएको हो ।

निर्माणाधिन टावरको झण्डै ६० फिट माथिबाट खसेर टाउकोमा गम्भीर चोट लागेका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल सिरहामा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुहवी स्टीलले निर्माण गरिरहेको टेलिफोन टावरमा टाउकोमा हेलमेट नलाई काम गरिरहेको अवस्थामा खसेर टाउकोमा गम्भीर चोट लागेर घाइते भएका चौधरीको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org