ताजा समाचार

रुपन्दैहीको सैनामैनामा बसले ठक्कर दिँदा मोटरसाइकल सवार २ जनाको मृत्यु

रुपन्देही, ७ असार । रुपन्देहीमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदाँ २ जनाको ज्यान गएको छ । गएराति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ६१०४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशातर्फ गइरहेको लु ९ प ६१८७ नम्बरको मोटरसाइकललाई सैनामैना–१, रानिबगियामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।

बसको ठक्करबाट सैनामैना–६ दुधराक्षका २३ वर्षीया युवराज घिमिरेको घटनास्थलमै ज्यान गएको छ भने घाइते गुल्मी मदाने–१, अग्लुङकी २९ वर्षीया सीता चन्दको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको मुर्गिया प्रहरी चौकीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस चालक रुकुमका युवराज घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org