ताजा समाचार

आज बर्षकै लामो दिन, झण्डै १३ घण्टा ५४ मिनेटको हुने

काठमाडौं, ७ असार । आज २१ जुन अर्थात आज बर्षकै लामो दिन । आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ । नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।

ज्योतिष शास्त्रको ग्रह गती अनुसार आज दिन लामो हुने र भोलीदेखि दिन छोटो र रात लामो हुँदै जाने ज्योतिषी डा. सुनील सिटौलाले जानकारी दिए । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ ।

अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ वा २२ तारिख मध्य कुनै एक दिन पर्छ । चैतको ७ गते र असोजको ७ गते चाहीं दिन र रात बराबर हुने गर्छ । त्यस दिनलाई क्रमशः बसन्त सम्पात र शरद सम्पादन भन्ने गरिन्छ ।

पुस ७ गते अर्थात डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने पनि डा. सिटौलाले बताए । बैदिक ज्योतिषको काल गणनामा आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भएता पनि ब्यवहारमा आउँदो साउन १ गतेबाट सूर्य दक्षिणतिर लाग्ने मानिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org