ताजा समाचार

राजपा नेताहरु भन्छन्, ‘हैकम जोगाउन पार्टीको नीतिविपरीत निर्वाचनमा उम्मेदवारी दियौं’

कपिलवस्तु, ९ असार । स्थानीय तहमा तराई मधेसको वर्चस्व कायम गर्न आफूहरू निर्वाचनमा उम्मेदवार बनेको राजपाका नेताहरूले बताएका छन् । पार्टी नीतिविपरीत भए पनि मतदाताको मागअनुसार आफू स्वतन्त्र रूपमा उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिकामा मेयर पदका उम्मेदवार रामदास गुप्ताले बताए ।

केन्द्रमा प्रमुख ३ दलको वर्चस्व कायम रहेका बेला स्थानीय तहमा आफूहरू निर्वाचनमा सहभागी नहुँदा स्थानीय तह पनि गुम्ने खतरा देखेपछि स्वतन्त्र रूपमा आफूले उम्मेदवारी दर्ता गराएको नेता गुप्ताले स्पष्ट पारे ।

‘केन्द्रमा मधेस विरोधी दलहरूको हातमा सरकार र बलियो प्रतिपक्ष छु, नेता गुप्ताले भने, ‘यस्तो अवस्थामा निर्वाचनमा सहभागी नभए स्थानीय निकाय पनि मधेस विरोधी शक्तिको हात पर्ने खतरा थियो । यस्तो अवस्थाबाट जोगाउन हामी बाध्य भई निर्वाचनमा सहभागी भयौं ।

गुप्तासँगै उपमेयरमा राजपा नेता वासुदेवप्रसाद कसौधनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कपिलवस्तु नगर क्षेत्रका १२ वटै वडामा राजपा नेताले बहुजन शक्ति पार्टीका तर्फबाट निर्वाचमा भाग लिइरहेका छन् । वडाध्यक्षहरू स्वतन्त्र रूपमा चुनाव लड्दा फरक फरक चुनाव चिह्न दिइने भएका प्रचारमा गाह्रो पर्न जाने देखेर बहुजन शक्ति पार्टीको जग चुनाव चिह्नबाट आफूहरू उम्मेदवार बनेको राजपाका नेता एवं कपिलवस्तु नगरपालिका—१ का वडाध्यक्ष पदका उम्मेदवार सुदीप पौडेलले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org