ताजा समाचार

पुलबाट हुग्दी खोलामा ट्रक खस्दा तीनजनाको मृत्यु

धादिङ, ९ असार । धादिङमा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । काठमाडौबाट मुग्लिन जाँदै गरेको ना ६ख ३१२३ नम्बरको ट्रक बेनिघाटको रोराङमा पुलबाट हुग्दी खोलामा खस्दा दुर्घटना भएको प्रहरी जनाएको छ ।

ज्यान गुमाउनेमा नुवाकोटका सन्जु राई, गडिमाई नगरपालिकाका नरबहादुर खत्री र पर्साका जीवन लामा रहेका छन् । दुर्घटनाको कारण खुल्न नसकेको धादिङ प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भईरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org