ताजा समाचार

५ लाख ७० हजार घुससहित राजश्व अनुसन्धानका दुई अधिकृत रंगेहात पक्राउ

बाँके, ९ असार । राजश्व अनुसन्धानका दुई अधिकृत ५ लाख ७० हजार घुससहित पक्राउ परेका छन् । बाँकेको कोहलपुरमा रहेको राजश्व अनुसन्धान मध्य तथा सुदूरपश्चिम क्षेत्रीय कार्यालयमा कार्यरत दुईजना अधिकृत घुससहित रंगेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार राति ८ बजेतिर अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई पक्राउ गरेको हो ।

कोहलपुरबाट खटिएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट पाँच लाख ७० हजार रुपैयाँ घुस लिँदै गर्दा कार्यालयबाटै पक्राउ गरेको हो । उनीहरुलाई सेवाग्राहीबाट नियन्त्रणमा लिएको भ्याटबिल तथा स्टिमेट मिलाईदिने भन्दै घुस रकम लिँदै गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो ।

अख्तियारको कोहलपुरस्थित कार्यालयले अहिलेसम्म २४ जना सरकारी कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । जसमा १७ जना बाँकेका बिभिन्न कार्यालयका कार्यरत कर्मचारी रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org