ताजा समाचार

महोत्तरीमा घरमा एक्लै बस्दै आएकी ६५ वर्षीया महिलामाथि एसिड छ्यापेर हत्या

महोत्तरी, १२ असार । महोत्तरीमा एसिड छ्यापेर एक महिलाको हत्या भएको छ । आइतबार राति गौशाला नगरपालिका–१ रामनगरकी ६५ वर्षकी मंसरिया देवी महतोको एसिड छ्यापेर हत्या भएको प्रहरीले जनाएको छ । घरमा एक्लै बस्दै आएकी मंसरियादेवी आइतबार राति ९ बजेसम्म छिमेकसँग कुराकानी गरेर सुत्न गएकी थिईन् ।

तर सोमबार बिहान अबेरसम्म चहलपहल नभएपछि छिमेकले हेर्न जाँदा अनुहारमा एसिड छ्यापिएर मृत अवस्थामा ओछ्यानमै फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले ओछ्यानमा मृत अवस्थामा देखेपछि प्रहरी र घरपरिवारलाई जानकारी दिएका थिए ।  एसिडले उनको अनुहार जलेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सम्भु पोखरेलले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org