ताजा समाचार

दोलखामा पहिरोले घर बगाउँदा एकजनाको मृत्यु, तीन जना सम्पर्कबिहीन

दोलखा, १४ असार । दोलखामा पहिरोले घर बगाउँदा एकजनाको ज्यान गएको छ । मंगलबार राति साढे १ बजे गएको पहिरोमा तीनजना सम्पर्कबिहीन भएका छन् । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ९ को लाकुरीडाँडाको कुतकुतेमा पहिरो जाँदा एकै घरका तीनजना परेका हुन् ।

मंगले थामीको घर बगाउँदा उहाँकी ४० बर्षिया श्रीमती शान्ति थामी, १५ वर्षिया छोरी रोशनी थामी र १२ वर्षिया छोरी सन्तोषी थामी पहिरोमा परेका प्रहरीले जनाएको छ । दोलाखाका प्रहरी नायक उपरिक्षक रामेश्वर कार्कीका अनुसार शान्तिको शव भेटिएको छ ।

उनका दुई छोरी र छिमेकी ७० वर्षिया लाटी थामीको खोजी भइरहेको छ । घटनास्थल पुग्न मुडेदेखि ३ घण्टा पैदल हिँड्नु पर्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लाकुरीडाँडाका २० घर पहिरोको जोखिममा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org