ताजा समाचार

भारतीय भूमिमा बसेर पारीको नागरिकता लिएका ‘पूर्व नेपाली’ मतदान गर्न वारी नेपाल भित्रिए

झापा, १४ असार । लामो समयदेखि भारतीय भूमिमा बसेर उतैको नागरिकता लिइसकेका धेरै ‘पूर्व नेपाली’ स्थानीय चुनावमा मतदान गर्नकै लागि नेपाल भित्रिएका छन् । मधेसमा ‘नवनागरिक’ को संख्या लगातार बढिरहेको चर्चा भइरहेका बेला पहाडी भूभागमा पनि यस्ता नागरिक संख्या धेरै रहेको उनीहरूको आगमन दरले देखाउँछ ।

केही सातायता निर्वाचनमा सहभागी हुनकै लागि काँकडभिट्टा नाकाबाट नेपाल भित्रिनेको संख्या ठूलै छ । त्यसमा धेरै कामको सिलसिलामा भारतीय भूमिमा रहेका नेपाली छन् । केही संख्या विद्यार्थीको पनि छ । अर्को संख्याचाहिँ भारतीय भूमिमै घरजम गरिसकेकाहरूको छ, जो दोहोरो नागरिकताधारी हुन् ।

बासिन्दा भारतको र मतदाताचाहिँ नेपालको हुने यस्तो पंक्तिमा पनि संख्या उल्लेख्य छ । प्रहरीका अनुसार काँकडभिट्टा नाकाबाट पछिल्लो समयमा निर्वाचन प्रयोजनकै लागि नेपाल भित्रिनेहरू अधिकांश पहाडे समुदायका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org