ताजा समाचार

बझाङको छबिसपाथिभेरा मतगणना केन्द्रमा एमाले र माओवादीबीच झडप, ५ घाइते

बझाङ, १५ असार । बझाङको छबिसपाथिभेरा गाउँपालिका मतगणना केन्द्रमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । मतगणना शुरु हुने बेला एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।

मतदान केन्द्र बाहिर आपसी बिबादमा घरेलु हतियारसहित झडप भएको प्रहरीले जनाएको छ । झडपमा एमालेका २ कार्यकर्ता र २ जना म्यादी प्रहरी समेत घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउदै गरिएको र आक्रमणमा संलग्न ९ जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी केशबहादुर थापाले जानकारी दिए ।केही धारिला हतियार समेत बरामद भएका छन् ।

बझाङमै रहेका अनेरास्ववियुका महासचिव ऐन महरले माओवादी केन्द्रका समानुपातिक सांसद जनक बुढाको नेतृत्वमा लुकेर आक्रमण भएको दावी गरेका छन् । धारिलो हतियारबाट अनेरास्ववियुका नेता सागर भट्ट र सुवास भट्ट गम्भीर घाइते भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org