ताजा समाचार

पर्वतमा पहिरोले घर पुरिँदा एकै घरका तीन जना बेपत्ता

पर्वत, १८ असार । पर्वतमा पहिरोले घर पुरिँदा तीन जना वेपत्ता भएका छन् । महाशिला गाउँपालिका १ होश्राङ्दीमा गएराती वर्षासँगै आएको पहिरोले घर पुरिँदा तीन जना वेपत्ता भएका हुन् । साविकको होश्राङदी गाविस १ का ६३ वर्षिय तीर्थबहादुर मल्लको घरमाथिको डाँडाबाट आएको पहिरोले पुरिएको हो ।

घर पुरिँदा मल्ल र उनकी ८० वर्षिया आमा बेलकुमारी मल्ल र श्रीमती ५५ वर्षिय यमकुमारी मल्ल बेपत्ता भएको प्रहरीले जनाएको छ । घर माथिबाट आएको पहिरोले घर र गोठ पुरै परिएको हो ।

वेपत्ता भएकाहरुको खोजी र उद्धारका लागि इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।

पहिरोले सोहि ठाउँका तीलबहादुर मल्लको गोठ समेत पुरिएको छ । वर्षाले विभिन्न ठाउँको सडक समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org