ताजा समाचार

प्युठानमा गएराति गएको पहिरोले एकजना बेपत्ता, दुई जनाको उद्धार

प्यूठान, १८ असार । प्यूठानमा पहिरोमा परी एक जना बेपत्ता भएका छन् । शनिबार राति गएको पहिरोमा दुईजनाको उद्धार गरिएको छ । गौमुखी गाउँपालिका–३ मा पहिरोले पुरिएर १६ वर्षकी तुलसा घर्ती बेपत्ता भएकी हुन् । शुक्रबार राति आएको आएको अविरल वर्षा सहितको पहिरोले स्थानीय शेर बहादुर घर्तिको घर पुरिएर उनको छोरी बेपत्ता भएकी हुन् ।

पहिरोमा पुरिएका अन्य दुईजनालाई स्थानीयले सकुसल उद्धार गरेका छन् । त्यस्तै रजवाराको लामीबगर, गिर्जाकोट र दाङबाङमा रहेको ३ वटापुल समेत खोलाले बगाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org