ताजा समाचार

पुतलीसडकको जेब्राक्रसिङमा ठूलो सवारी दुर्घटना

काठमाडौं, १९ असार । काठमाडौंको पुतलीसडकमा जेब्राक्रसिङमै सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । आइतबार राति काठमाडौं जिल्ला ट्राफिक महाशाखा अगाडिको सडकखण्डमा पुतलीसडकबाट सिंहदरबारतर्फ आउँदै गरेको बा ७० प १३२९ नम्बरको मोटरसाइकलले जेब्राक्रसबाट बाटो काट्दै गरेको पैदलयात्रीलाई ठक्कर दिइ अनियन्त्रित हुँदा सो दुर्घटना भएको हो ।

अनियन्त्रित भएको सो मोटरसाईकलले विपरित दिशाबाट आउँदै गरेको बा ८ च ९७४३ नम्बरको कारसँग ठक्कर खाँदा पैदलयात्रीसहित मोटरसाईकल चालक र मोटरसाईकलमा सवार घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारको लागि मोडेल अस्पताल पठाइएको छ । घाइतेमध्ये मोटरसाइकलमा सवार काठमाडौंको तीनकुने बस्ने २४ वर्षीय चन्द्र आयको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा संलग्न मोटरसाईकलसहित चालक प्रहरी वृत्त सिंहदरवारको नियन्त्रणमा रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org