ताजा समाचार

नेपालबाट निकासी हुने वस्तुमा सर्भिस ट्याक्स नलगाउन भारतलार्इ आग्रह गर्दै पत्र पठाईयो

काठमाडौं, १९ असार । सरकारले नेपालबाट निकासी हुने वस्तुमा गुड्स एण्ड सर्भिस ट्याक्स (जिएसटी) नलगाउन भारतीय पक्षलार्इ आग्रह गरेको छ। वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अतिरिक्त भार नेपाली पक्षलार्इ नलगाउन आग्रह गरेको हो । भारतले शनिबाररदेखि देशभर एकीकृत कर जिएसटी कार्यान्वयनमा ल्याएको छ । जिएसटी कार्यान्वयनमा आएपछि नेपाली पक्षले त्यसको भार नेपालमा नपार्न आग्रह गरेको हो।

यसअघि अर्थमन्त्रालयले समेत भारतमा कार्यान्वयनमा आएको मालसामान तथा सेवा व्यवसाय कर (गुड्स एण्ड सर्भिस ट्याक्स – जिएसटी) ले नेपालको राजस्वमा पार्ने प्रभावका बारेमा अध्ययन गर्न समिति गठन गरिसकेको छ ।

मन्त्रालयले आइतबार अर्थमन्त्रालयका सहसचिव विष्णु नेपालको संयोजक्तवमा आन्तरिक राजस्व विभागकी कामु महानिर्देशक चन्द्रकला पौडेल रहने अध्ययन टोली गठन गरेको हो । भारतले शनिबारदेखि जिएसटी कार्यान्वयनमा ल्याएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org