ताजा समाचार

धनगढी उपमहानगरमा रोकिएको मतगणनाको कार्य सुरु हुने

धनगढी, १९ असार । कैलालीको धनगढी उपमहानगरपालिकामा आइतबारदेखि रोकिएको मतगणना सुरु हुने भएको छ । मतपेटिकाको मुचुल्का नभेटिएपछि विवाद सुरु हुँदा हिजोदखि रोकिएको मतगणना कार्य आज दिउँसोदेखि सुरु हुने भएको हो ।

हिजो विहानै देखी मुचुल्का विवाद देखिएपछि पटक–पटक बसेको सर्वदलीय बैठकले पनि कुनै निर्णय निकाल्न नसकेपछि रोकिएको मतगणना कार्य आज विहानको वैठकमा सहमति भएपछि मत गणनाको काम अगाडी वढ्ने भएको हो ।

आज विहान ७ बजे बस्ने भनिएको वैठक ढिलो गरी विहान १० बजे बसर सहमति गरिएको छ । मुख्य निर्वाचन अधिकृत, प्रहरी प्रशासनका पदाधिकारी राजनितिक दल र उम्मेदवारहरुकाबीच भएको वैठकमा निर्वाचन कार्यालयले मतपेटिकाको सिल नम्वर उपलव्ध गराउने, उम्मेदवारका एजेन्टले नम्वर भिडाएर गणना कार्य अगाडी वढाउने सहमति गरिएको हो ।

सिलबन्दी गरिसकेको मुचुल्का खोल्ने अधिकार आफ्नो नभएको भन्दै मुख्य निर्वाचन अधिकृतले केन्द्रमा पठाएको पत्र आउदै गर्ने, त्यो समयमा मत गणना गर्ने तथा मत परिणाम २÷२ घण्टामा सार्वजनिक गर्ने सहमति सर्वपक्षीय वैठकले गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org